back to top

बुटवलले शुरु गर्‍यो छाडा चौपाया व्यवस्थापन

बुटवल । बुटवल उपमहानगरपालिकाले छरिएर रहेका छाडा चौपायाको व्यवस्थापन कार्य सुरु गरेको छ। चौपाया व्यवस्थापन गर्न नसकेर उपमहानगरपालिकाले चौतर्फी आलोचना खपिरहेको थियो ।

वडा नम्बर–७ स्थित शिवनगर सामुदायिक वनको गौशालामा पहिलो पटकको अभियानअन्तर्गत करिब चार सय वटा चौपायाहरू लगेर छाडिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । ‘लामो समयपछि चौपाया व्यवस्थापनको काम सुरु गरिएको छ’,रानाले भने,‘छाडा चौपाया बुटवलको प्रमुख समस्या थियो । गृहकार्य गर्दै थियौँ, व्यवस्थापन गर्न केही समय ढिलाइ भएको मात्र हो ।’

उनले बुटवल क्षेत्रमा बढीमा करिब १ हजार ५ सय वटा चौपायाहरू रहेको जानकारी दिए । चैत १६ गते दोस्रो चरणका रुपमा चौपाया गौशाला पुर्‍याउने योजना बनाएको उनको भनाइ छ ।

नेपाल प्रहरी, नेपाली सेना, टोल विकास समितिहरू, शसस्त्र प्रहरी, संघसंस्था, स्थानीयवासी लगायतको सहयोगले चौपायाहरूलाई ‘खेदेरै’ सामुदायिक वनको गौशालामा पुर्‍याइएको बताए ।

सडकभरी भएका छाडा चौपायाले पैदलयात्रीदेखि व्यवसायीहरूलाई सास्ती दिइरहेका छन् । चौपायाकै कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरीहरू बताउँछन् ।

चौपाया व्यवस्थापन नहुँदा व्यवसायीको सुरक्षासँगै सडकको सौन्दर्यता र बजार अस्तव्यस्त बनिरहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले बताए ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको पुष्पलाल पार्कदेखि राजमार्ग चौराह, भित्री सडकमा पर्ने मिलनचोक, देविनगर, कालिकापथ, बुद्धनगरसहित अमंरपथ, गोलपार्क, ट्राफिकचोक लगायत क्षेत्रमा छाडा चौपाया छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?