बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप

नेपालगन्ज । बाँकेमा गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको छ । एक लाख पाँच हजार एक सय पाँच गाईभैँसीलाई उक्त खोप लगाइएको हो ।

सरकारले उपलब्ध गराएको अनुदानका आधारमा जिल्लाका आठ स्थानीय तहका गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीले जानकारी दिए । खोप लगाउने कार्यक्रम अन्तिम चरणमा पुगेको उनले बताए ।

“अधिकांश स्थानीय तहमा खोप लगाइसकिएको छ । अबको एक सातामा खोप लगाइसक्छौँ”, उहाँले भन्नुभयो– “यो खोप बाख्रा र बङ्गुरलाई पनि लगाउँछौँ ।

हाललाई (खुरफट्टा) गाई र भैँसीलाई प्राथमिकता दिएर खोप लगाउँदै छौँ ।” जिल्लामा अहिलेसम्म खोरेतको समस्या नदेखिएको र समस्या नआओस् भनेर सो खोप लगाइएको वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले उल्लेख गरे ।

प्रत्येक वर्ष खोप अनिवार्यरुपमा लगाउनुपर्ने उनको भनाइ छ । खोरेतविरुद्ध पशु चौपायालाई बुस्टर डोज पनि लगाउन आवश्यक भएको उनले बताए ।

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका अनुसार जानकी गाउँपालिकामा १५ हजार डोज, खजुरा गाउँपालिकामा १५ हजार एक सय ५०, बैजनाथ गाउँपालिकामा १० हजार, कोहलपुर नगरपालिकामा पाँच हजार, राप्तीसोनारीमा १० हजार, डुडुवा गाउँपालिकामा १५ हजार, नेपालगञ्ज उपमहानगरपालिकामा २० हजार तथा नरैनापुर नगरपालिकामा १५ हजार डोज खोप लगाइएको छ ।

गाई र भैँसीमा खोरेत रोगबाट क्षति हुनबाट बचाउन बर्सेनि उक्त खोप लगाइँदै आएको विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताए । खोप लगाउन ७० कर्मचारी परिचालन गरिएको छ । बाँकेमा गत वर्ष बुस्टर डोजसहित एक लाख ४७ हजार डोज खोप लगाइएको थियो । सबैभन्दा बढी पशुपालन हुने क्षेत्र डुडुवा, नरैनापुर जानकी र खजुरा गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?