महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

नेपालगञ्ज । बाँकेका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु ५० हजारसहित बिदाइ गरिएको छ ।

६० वर्ष उमेर पुगेका उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले अवकाश पाएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाइ गरे ।

स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिए । उनीहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले रु ५० हजार नगद प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताए ।

उनले प्रदेशभित्र एक सय पाँच विशेषज्ञ दरबन्दी रिक्त रहेको जानकारी दिए । सम्मानित महिला स्वास्थ्य स्वयंसेविका बीना पाण्डेले विगतमा टोलटोलमा पुगेर स्वास्थ्य सेवा दिएको स्मरण गर्दै अहिले प्रविधिले धेरै सहज बताए ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदान गरेको भनी प्रशंसा गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय आशा नेपाली, मीना सिद्धिकी, प्रदेशका स्वास्थ्य सचिव जनार्दन पन्थी, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतले महिला स्वास्थ्य स्वयंसेविकाले समुदाय र स्वास्थ्य संस्थाबीच पुलको काम गरेको बताए ।

नेपालगञ्ज उपमहानगरका १० र जानकी गाउँपालिकाका तीन गरी १३ जनालाई नगदसहित सम्मान गरिएको हो ।

बाँकेका सबै स्थानीय तहमा कूल ३५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । लुम्बिनी प्रदेशमा बर्सेनि चार सयको हाराहारीमा महिला स्वास्थ्य स्वयंसेविकाले अवकाश पाउने गरेका छन् । अवकाश पाएका स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरिएको लुम्बिनी प्रदेशमा पहिलो पटक हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?