नक्कली नोटले सामान किन्ने नेपालगञ्जका हलुवाइसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोटहरुबाट सामान किनबेच गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको भूर गाविस घर भई हाल टोखा नगरपालका–७ बस्‍ने ३१ वर्षीय सम्झना गहतराज र बाँकेको नेपालगञ्‍ज घर भई हाल काठमाडौंको बागबजारस्थित युनिक होटलमा कोठा लिई बस्‍ने ३२ वर्षीय सादाहय हलुवाइ रहेका छन् ।

प्रहरी वृत्त बौद्धबाट सादा पोशाकमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

सम्झना गहतराजले गोकर्णेश्वर नगरपालिका ६ नँया बस्तीमा किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवा पनि समातिएका हुन्।

प्रहरीले उनीहरुको साथबाट तयारी अवस्थामा रहेको १ हजार दरका नक्कली नोट ४९ वटा, प्रिन्ट गरेर काट्न बाँकी एक हजारको १२६ वटा, तयारी ५ सयको नोट २ वटा, प्रिन्ट गरेको काट्न बाँकी ५ सयको नोट ६० वटालगायतका सामानहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहमाथि मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?