२३ किलो चरेस जस्तो पदार्थसहित बमबहादुर पक्राउ

बुटवल । बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका-२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाले चेकिङका क्रममा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।

चेकिङका क्रममा उनीसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद भएको छ ।

उक्त समानसहित नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका व्यक्ति रुकुम पश्चिमको सानोभेरी गाउपालिका-५ का ३४ वर्षीय बमबहादुर पुन रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?