back to top

वीर गणेशमानसिंह टी–२० प्रतियोगिताको उपाधि लुम्बिनीलाई

काठमाडौं। लुम्बिनी प्रदेशले पहिलो संस्करणको वीर गणेशमानसिंह टी२० प्रतियोगिता फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै उपाधि जितेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १५।३ ओभरमा ८५ रनमा अल आउट भयो ।

कर्णालीका विपिन शाहीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । विपिन रावलले ३१ बलमा १ चौकासहित २३ र दीपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् ।

लुम्बिनीका स्पिनर अभिषेक गौतमले ३-३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । नर सार्कीले २ ओभरमा ७ रन खर्चेर २, देव खनाल र मिर्नल गुरुङले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लुम्बिनीका मिर्नल गुरुङले ३० बलमा ३ चौकासहित २७, देव खनाल, आकाश त्रिपाठी र सुनिल भण्डारीले ८–८ रन बनाए ।

विराट भण्डारी २३ बलमा २ चौकासहित २६ र कृष्ण कार्कीले २२ रन बनाए । कर्णाली प्रदेशका युनिस ठकुरीले ४ ओभरमा १७ रन खर्चेर ३, दीवान पुन र दीनेश अधिकारीले २–२ विकेट लिए ।

७ प्रदेश सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा भएको थियो । लुम्बिनी शीर्ष र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । समान ८ अंक भए पनि बागमती र मधेश नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा रहेर बाहिरिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?