श्रीमतीको हत्या गरी फरार भएका कहाँर पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा श्रीमतीको हत्या गरी फरार भएका एक पुरुष पक्राउ परेका छन् ।

रामग्राम नगरपालिका–१६ सबुनीका जोखन कहाँरलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कहाँरले आफ्नी ३० वर्षीय श्रीमती ललिताको बैशाख २१ गते चक्कु प्रहार गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरेर फरार रहेका उनलाई ३ दिनपछि पाल्हिनन्दन गाउँपालिका–६ पडरीस्थित नेपाल भारत सीमानाकामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

कहाँरलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?