अर्घाखाँचीका घरवारविहीनलाई लायन्सको सहयोग

अर्घाखाँची । अग्निपीडितलाई लायन्स क्लबले राहत सामग्री प्रदान गरेको छ । दैनिक जीवनयापनमा प्रयोग हुने अत्यावश्यक सामग्री प्रदान गरिएको हो ।

लायन्स इन्टरनेसनल–३२५ एम नेपालका डिष्ट्रिक गभर्नर भीम पौडेलको उपस्थितिमा जिल्लाका विभिन्न स्थानका आगोले घरवारविहीन बनेका २२ घरपरिवारलाई राहत सामग्री प्रदान गरेको क्लबका सचिव प्रदीप आचार्यले बताए ।

जिल्लाका विभिन्न स्थानमा आगलागीले घरवारविहीन भएका परिवारलाई राहत प्याकेजअनुसार चामल, दाल, नुन, तेल, कपडा, प्रेसरकुकर, खानेपानीका लागि ड्रमलगायत अत्यावश्यक दैनिक जीवनयापनमा प्रयोग हुने सामग्री प्रदान गरेको लायन्स क्लब अर्घाखाँचीका संस्थापक अध्यक्ष हरिप्रसाद भुसालले बताए ।

प्रतिपरिवार रु २५ हजार बराबरको अत्यावश्यक सामग्री राहतस्वरुप प्रदान गरिएको क्लबका जिल्ला अध्यक्ष प्रकाश परियारले बताए । राहत प्याकेजअनुसार सबै सामग्री पाएपछि अग्निपीडित पनि खुसी भएका छन् ।

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठलगायत उपस्थित थिए ।

अर्घाखाँचीमा आगलागीका कारण एक सयभन्दा बढी घरगोठ जलेका छन् । वन क्षेत्रमा लागेको आगो बस्तीमा फैलिएपछि ठूलो क्षति भएको हो । अहिले आगलागी पीडित परिवार खुला आकाशमा बस्न बाध्य छन् ।

त्रिपन्न पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका, डढेलोमा एउटा मोटरसाइकल र दुई साइकल पनि जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरको भनाइ छ ।

चालु आर्थिक वर्षमा जिल्लाका एक सय १३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलभन्दा बढीमा डढेलो लागेको डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताए । वन क्षेत्रमा घाटगद्दी गरिएका पाँच सय ८३ क्युफिट काठ नष्ट भएको उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?