अत्यधिक गर्मीले गुलरियाका विद्यालय थप ५ दिन बन्द

वर्दिया । अत्यधिक गर्मीका कारण यहाँको गुलरिया नगरपालिकाका विद्यालय थप छ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

गर्मी कम नभएपछि नगर शिक्षा समितिले थप छ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले जानकारी दिए ।

वर्षे बिदाबाट कट्टा हुने गरी, विद्यालयको प्रशासनिक कार्य गर्नरगराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गरिएको शिक्षा शाखा प्रमुख यादवले बताए ।

अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेको छ । बिरामीको चापले अस्पतालमा शैय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामीको सङ्ख्या दिनप्रति दिन बढिरहेका छन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढेको डा पाण्डेले बताए ।

बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?