बुटवल । लुम्बिनी प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा भएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।
भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा. सकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको छ ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा।ईन्द्र ढकाललाई बनाउने निर्णय भएको छ ।
यस्तै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने जेठ २१ गते ल्याउने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।
यस्तै बैठकले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका सरोज खनाललाई नियुक्त गरेको छ भने मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त गरेका छन् ।
पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा शुसान्त बैद्दिकलाई नियुक्त गरेका हुन ।

