पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

बुटवल । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको थियो ।

उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएको थियो । चेकजाँचको क्रममा डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?