पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

पाल्पा । पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् ।

कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । घर नजिकैको जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही स्थानका ३४ वर्षीय टोपबहादुर कुमाल घाइते भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा ईश्वरको घरबाट एकनाले भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?