भैरहवा विमानस्थलमा बुद्धको जहाज अवतरणको क्रममा चिप्लियो

रुपन्देही । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ ।

विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।

बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

काठमाडौंबाट साढे ९ बजे उडेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको रूपन्देहीका प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको छ । उनीहरू आफ्नो गन्तव्यमा गइसकेको भट्टले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?