सरावलमा १२ सय बिघा धानखेती डुबानमा

पाल्हीनन्दन । लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुबानमा परेको छ ।

लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो । चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै रोपाइँ गरेको धान पनि नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक कूलदीपनारायण मिश्राले बताए ।

उनका अनुसार गत वर्ष पनि वर्षाले शङ्करपुर, मधवलिया, भुजहवा बुडनतवापुरका किसानको खेतीमा क्षति भएको थियो ।

झरही खोला र धनेवा खोला दीर्घकालीन रुपमा समाधान नहुुँदा यहाँका मुख्य खाद्यभण्डार भनिने शङ्करपुर, खडवना, मधवलिया, भुजहवा हिउँदमा सुुक्खा र वर्षयाममा प्रत्येक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन् सरावल–७ निवासी धर्मनाथ कुुश्वाहाले बताए ।

झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय उपेन्द्र हरिजनले बताए ।

खोलामा तटबन्ध बनाउनेतर्फ ध्यान नपुुग्दा मधवलिया, शङ्कपुर, भुजहवाका हजारौँ कृषकले बर्सेनि ठूलो क्षतिको सामना गर्नुु परिरहेको उनको भनाइ छ ।

“मलखाद र जोताइ गर्नका लागि ऋण कर्जा लिएर धान रोपेको अहिले वर्षायाममा डुबान लागेपछि ऋण कहाँबाट तिर्ने चिन्ता लागेको छ”, उनले भने ।

झरही खोला र धनेवा खोलाको पानीले बर्सेनि यो क्षेत्र डुबान हुने गरेको भन्दै आगामी आर्थिक वर्षमा डुबान नियन्त्रण गर्न तटबन्धका लागि बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुुखाडीप्रसाद चौधरीले जानकारी दिए । खोला क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बाढी र डुबानबाट हुने क्षति कम हुने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?