पहिरोमा पुरिएर हजुरआमा र नातिनीको मृत्यु

रोल्पा । रोल्पा पहिरोमा पुरिएरदुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनछ्हरी गाउँपालिका ४ कामीडाँडास्थित सिउरी सिउरी गाउँका करिब ७० वर्षीया बसुना सुनार र उनकी ४ वर्षकी नातिनी माया सुनारको पहिरोमा पुरिएर मृत्यु भएको हो।

अविरल वर्षाले शुक्रबार दिउँसोको घटनाबारेमा प्रहरीले राति ९ बजेतिर मात्रै जानकारी पाएको थियो। स्थानीय देउसिं सुनारको घर पहिरोले पुरिएको हो।

घटनास्थलमा पुगेर उद्धार गरेका सुलीचौर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी निकै लामो समयसम्म गर्नुपरेको थियो। देउसिंको ढुंगा र माटोबाट बनेको २ कोठे घर माथिबाट आएको पहिरोमा पुरिएको थियो।

देउसिं भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। घटनापछि छिमेकीलाई सुरक्षित स्थानमा सारिएको छ। मृतक वृद्धालाई अघिल्लो दिनमा र नातिनीलाई अर्को दिन बिहान भेट्टाइएको हो। घटनास्थलमा उद्धारका लागि पोबाङस्थित प्रहरी कार्यालयबाट थप प्रहरी परिचालित गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?