बुटवल । गएको जेठ २८ गतेयता मनसुनजन्य विपद्मा परी लुम्बिनी प्रदेशमा २७ जनाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार यो अवधिमा प्रदेशमा बाढी, पहिरोलगायतका विपद्मा परी ११ जना घाईते भएका छन् भने २ जना बेपत्ता रहेका छन् ।
वर्षासहितको विपदका कारण २८ जेठयता देशभर १५० जनाको मृत्यु भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ ।
देशभर यो अवधिमा १७७ जना घाइते, १०८ जनाको उद्दार गरिएको छ भने ४९ जना वेपत्ता भएका प्रहरीले जनाएको छ ।

