लुम्बिनी प्रदेशका केही ठाउँमा भारी बर्षाको सम्भावना

बुटवल । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

लुम्बिनी प्रदेशका केही स्थामा आज भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वनुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनीसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

२४ घण्टाको अवधिमा ५० भन्दा माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ । आगामी २४ घण्टामा केही ठाउँमा भारी वर्षा हुनुका साथै चट्याङको सम्भावना रहेकोले सतर्क रहन विभागले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?