बुटवल । सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रदेशका तीन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएका कम्पनीहरुमा जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज–१८ बाँके, श्री बिल्डर्स राप्तीसोनारी गाउँपालिका–७ बाँके र नेशनल कन्स्ट्रक्सन रोहिणी गाउँपालिका–४ रुपन्देही कालोसूचीमा परेका हुन् ।
सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन दाङले जयबागेश्वर माता कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
यस्तै सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन सुर्खेतको सिफारिसमा श्री बिल्डर्स र देवदह नगरपालिका रुपन्देहीको सिफारिसमा नेशनल कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको हो ।
एडभेन्चर कन्स्ट्रक्सन भरतपुर चितवन सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन दाङको सिफारिस, एवान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बाजुरा जलस्रोत तथा सिंचाई विभागको बबई, भादा औरही नदी व्यवस्थापन आयोजना गुलरिया बर्दियाको सिफारिस र जि.सी. ब्रोदर्स कन्स्ट्रक्सन प्रा.लि. सिफल काठमाडौं इस्मा गाउँपालिका गुल्मीको सिफारिसमा कालोसूचीमा परेका हुन् ।
काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको सूची


