बुटवल । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आक्रोश पोखेका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा लुम्बिनी सभापति पुनले नेतृत्वको निरंकुश कार्यशैलीले पार्टीलाई प्रदेश तहलाई कमजोर बनाएको भन्दै खनिएका हुन् ।
सभापति पुनले सभापति शेरबहादुर देउवाको चर्को आलोचना गदै पार्टी प्रदेशको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिदै पार्टी नेतृत्वले नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा गराएको बताउँदै नेतृत्वको निरंकुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बनेको बताए ।
संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान (नेपाली कांग्रेसको संशोधित विधान, २०१७ को परिच्छेद ४ दफा १३ को ७ (ठ)) अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिदै नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भैरहेको बेला कांग्रेसका आम साथीहरूको भावना विपरीत यस किसिमको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर छ’, उनले भने, ‘तसर्थ उक्त निर्णयलाई पुनर्विचार गर्न कांग्रेस केन्द्रीय नेतृत्वलाई हार्दिक आग्रह गर्छु ।’
लुम्बिनी प्रदेश सरकारमा मन्त्री पठाउँदा कुनै पनि सल्लाह नगरेको र पार्टीको प्रदेश नेतृत्वलाई बाइपास गरिएको भन्दै सभापति पुनले आपत्ति जनाएका थिए । मन्त्री सिफारिसको निर्णय नसच्याए विद्रोह हुने चेतावनी पुनले पार्टी केन्द्रीय नेतृत्वलाई चेतावनी दिएका थिए ।
सभापति पुनले शक्तिशाली समीकरणका नाममा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई बेवास्ता गरेर नेतृत्व अगाडि बढ्न नपाउने बताए ।
‘कांग्रेस र एमालेको शक्तिशाली गठबन्धन बनेको छ । गठबन्धनले जनतामा सकारात्मक विश्वासको सञ्चार गरेको छ । यो गठबन्धनमार्फत जनतामा रहेको निराशा र राजनीतिक दलप्रति देखिएको वितृष्णालाई चिर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ’, उनले भने ।
यस्तो छ पुनले कांग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नु भएको धारणाः



