अमेरिका पठाउने भन्दै ५४ लाख ठग्ने अर्घाखाँचीकी लक्ष्मी पक्राउ

बुटवल । अमेरिका पठाउने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा अर्घाखाँची पाणिनी गाउँपालिका–७ दुविचौरकी २१ लक्ष्मी माझी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वरबाट बिहीबार पक्राउ गरेको हो ।

उनले अमेरिका पठाइदिने र मासिक २ लाख आम्दानी हुने भन्दै ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी माझीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?