back to top

रुकुमपूर्वका सुमनलाई खुकुरी प्रहार गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं। ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभाको खाँदबारी नगरपालिका–५ घर भएका २५ वर्षीय मिङमा शेर्पा र सोही ठाउँका ३० वर्षीय रिन्जी शेर्पा छन् । उनलाई शनिबार पुरानो बसपार्कबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले गत शुक्रबार राति साढे १० बजेतिर काठमाडौं महानगरपालिका–२५ उग्रतार मन्दिर अगाडि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ घर भएका २४ वर्षीय सुमन खड्कामाथि ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको आरोप लागेको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?