प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले

आगलागी सेना, प्रहरी, सशस्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट १३ परिवारका घरगोठ जलेका छन् भने एक करोडको क्षति भएको अनुमान गरिएको छ ।

प्युठान । ऐरावती गाउँपालिका-१ छेडाघाको बस्तीमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरी अधिकारीसहित इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट ३० जनाको टोली खटिएको थियो ।

शनिबार राति पौने १२ बजे सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

आगलागीबाट बस्तीका १३ घरपरिवारका घरगोठ जलेर नष्ट नभएका छन् । आगलागीबाट झन्डै एक करोड बराबरको क्षतिको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

No description available.

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?