दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहराको हापुरखोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
बुधबार खोलामा डुबेर अचेत अवस्थामा फेला परेका बोहरालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो ।

