जंगलमा आगो लगाउने ४ जना पक्राउ

बुटवल । जंगलमा लागेको आगो घरमा सल्किदाँ चार जनाको मृत्यु भएको प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ स्थित ढाकाबाङको जंगलमा आगो लगाउने स्थानीय ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देविराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

उनका अनुसार उनीहरुले जंगली जनावरले सताएपछि आगो लगाएको स्वीकारेका छन् । गत बैशाख २६ गते जंगलमा लागेको आगो स्थानीय पदम बेल्बासेको घरमा सल्किएपछि निभाउने क्रममा पाँच जना घाईते भएका थिए ।

गम्भिर घाइते भएका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेको मृत्यु भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?