बुद्धनगरमा निःशुल्क स्वास्थ्य शिविर सुरु

बुटवल । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ।

बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा आजदेखि शहरी स्वास्थ्य केन्द्रमा सुरु भएको शिविरमा १४ वर्ष मुनिका सबै बालबालिकाहरुको निःशुल्क पोषण अवस्था परीक्षणसमेत गरिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

शिविरको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पुर्‍याउने गरी शिविर सञ्चालन गरिएको बताए ।

उनले महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडा–वडामा शिविर सञ्चालन गर्ने बताए ।

“हामीले बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै बुटवलबाट अन्यत्र उपचार गर्न जान नपरोस् भन्ने गरी केही कामहरुको थालनी गरेका छौं” उनले भने, “यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ।”

आम्दा अस्पताललाई तीन सय बेडमा सञ्चालन गर्ने, फार्मेसी, नर्सिङको अध्ययन शुरु गर्ने र न्युरोसम्बन्धी उपचार शुरु गर्ने गरी तयारी गरिरहेको उनले बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५/१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने बताए ।

शिविरमा प्रसुति रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, डा बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए । स्वास्थ्य परीक्षण शिविर सबै वडाहरुमा क्रमैसँग सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?