बुटवलमा पनि मनाईयो धान दिवस

बुटवल । बुटवल उपमहानगरपालिकाले पनि २०औ राष्ट्रिय धान दिवस मनाएको छ । वुटवल–१५ उजेलापुरकी भीमकुमारी थारुको खेतमा रोपाईं गरेर धान दिवस तथा रोपाईं महोत्सव मनाईएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको १२ देखि १९ सम्मका वडाहरुमा खेतीयोग्य जमीन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडि बढाइरहेको बताए । उनले बुटवललाई आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको बताए ।

बुटवलमा पनि मनाईयो धान दिवस - Lumbini News

पाण्डेले बुटवल १४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको बताउँदै आगामी वर्षदेखि तरकारी र धान गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको बताए ।

यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताईन् । कृषिबाटै मुलुकको उन्नति हुने बताउँदै उनले किसानले अझै बढी चासो दिनुपर्ने बताईन् ।

बुटवलमा पनि मनाईयो धान दिवस - Lumbini News

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादनलाई बढाउनका लागि नगरले अनुदान र प्रोत्साहनका कार्यक्रम अगाडि सारेको बताए ।

नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले धान दिवसको अवसरमा धान खेतीको उब्जनी बढाउनका लागि अरु धेरै लगानी गर्ने तयारी रहेको बताए । वडा नं १५ मा धान दिवस मनाएर नगरकै कृषि क्षेत्रको महत्व बढेको र यसले सकारात्मक प्रभाव पर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?