रामपुरले नगरका विभिन्न स्थानमा सोलार बत्ती जडान

पाल्पा । समाजमा हुने आपराधिक घटना कम गर्न र शान्तिसुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ ।

रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिका कार्यालय परिसर, बेझाड बजार, सदावर्त चोक, तालपोखरा, कालीआँप, किसानबारी बजारमा सोलार जडान गर्ने काम भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ससर्त अनुदानमा नगरपालिकाले सडक तथा चोकमा खम्बासहित स्वचालित सोलार बत्ती जडान गरेको हो ।

रामपुर चारतिरैको नाकाका भएकाले चोरी, डकैती, विभिन्न आपराधिक क्रियाकलापका गतिविधि बिस्तारै बढ्न थालेकाले शान्ति सुरक्षा कायम गर्न मुख्य क्षेत्रमा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए ।

“कालीगण्डकी करिडोर सडकमार्गले रामपुर देशका ठूला सहरसँग जोडिन पुगेको छ”, उनले भने, “रामपुरलाई मुख्य नाका बनाएर आवतजावत गर्ने भएकाले निकट भविष्यमा हुन सक्ने आपराधिक घटना, चोरी, डकैटीलाई दृष्टिगत गर्दै शान्ति व्यवस्था कायम गर्न बत्ती जडान गरिएको छ ।”

उनले नगरको सौन्दर्यता र सुरक्षाका लागि अहिले पहिलो चरणमा आवश्यक स्थानमा बत्ती जडान गरिएको र अन्य स्थानमा पनि बत्ती जडानलाई विस्तार गर्दै जाने बताए । ठाउँ–ठाउँमा बत्ती जडान गरिएपछि नगरको शान्तिसुरक्षामा धेरै सघाउ पुग्ने रामपुर बेझाडका स्थानीय मणिराज तिवारीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?