बुटवल उपमहानगरका पूर्वउपप्रमुख खनालको निधन

लुम्बिनी । बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ ।

दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो । खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियो ।

लामो समयदेखि बुटवल वडा नं ७ शिवनगरमा स्थायीरुपमा बस्दै आएका खनाल विसं २०४६ को जनआन्दोलन पछि विसं २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । पाल्पाको कुशुम खोलामा जन्मेका ८३ वर्षीय खनालका चार छोरा दुई छोरी र दुई श्रीमती छन् ।

यस्तै पूर्वउपप्रमुख खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आज अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको छ । आज दिउँसो शोकसभा गर्दै बुटवल उपमहानगरपालिकाले आइतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको हो ।

त्यसअवसरमा नगरप्रमुख खेलराज पाण्डेयले पूर्वउपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुःख व्यक्त गरे । सालिन नेताका रुपमा रहेका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्हालेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?