फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् ।

“झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्”, उनले भने, “अहिले घरमै थोकमा रु ८० प्रति किलोमा आँपको बिक्री हुने गरेको छ ।”

व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक रु १६ लाखभन्दा बढी कमाउने गरेको उनले सुनाए । उनले बेमौसमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गर्नुभएको छ । अठार वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन ।

व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताए । तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?