लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध

लुम्बिनी । वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् ।

बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डअन्तर्गत सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ ।

राजमार्गको बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड रामा.(पिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

सिद्धबाबा निर्माणाधीन सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो झरेपछि सवारी आवागमन पूर्णरुपले अवरुद्ध भएको प्रहरीले जनाइएको छ ।

सो स्थानमा साउनको केही दिनदेखि पटक पटक पहिरो खस्दा निर्माणाधीन सुरुङमार्गको प्रवेश बिन्दुमै क्षति पुगेको थियो । पहिरोसँगै ठूलाठूला ढुङ्गाहरु सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यस्तै भालुवाङ्ग–प्यूठान सडकखण्डको गर्जेनी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त स्थानमा पाँच दिनदेखि पहिराले अवरुद्ध भएको सडक पहिरो सफा गरेर मङ्गलबारमात्र खुलाइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?