अटो रिक्सा अर्को पालिकामा जान नपाएपछि …

तुलसीपुर । दाङमा तुलसीपुरमा चल्ने अटो रिक्सा नजिकैको दङ्गीशरण गाउँपालिका जान पाउँदैनन्, भने दङ्गीशरण गाउँपालिकाभित्र चल्ने अटो रिक्सा तुलसीपुर आउन पाउँदैनन् ।

यात्रुलाई यी दुई पालिकाको सिमाना भमके खोला छोडिन्छ । त्यहाँबाट यात्रु अर्को अटोमा चढ्नुपर्छ । केही समयअघि निर्वाधरूपमा चल्ने गरेका अटो रिक्सा पछिल्लो समय त्यसरी चल्न पाएका छैनन् ।

ट्याक्सी समितिले विरोध जनाएपछि अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकाका लागि रुट परमिट दिने गरिएको छैन । त्यसैमा टेकेर ट्याक्सी समितिले अटोलाई अर्को पालिकामा जान दिने गरेका छैनन् ।

अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकामा रुट परमिट दिन नपाइने व्यवस्था भएपछि पछिल्लो समय अटो रिक्सा चालकले विरोध जनाएका छन् । “अटो रिक्सा सुविधाका लागि चल्ने कुरा हो, हामीले गाउँ–गाउँमा सेवा दिने गरका छौँ”, दाङ भ्याली अटो प्रालिका अध्यक्ष वेदप्रकाश वलीले भने, “हामीले अहिले पनि गाउँगाउँमा सेवा दिन पाउनुपर्छ ।”

दङ्गीशरणमा मात्रै ५०/६० को हाराहारीमा अटो रिक्सा छन् । ती अटो बजारमा आउन नपाएमा चल्न सक्ने अवस्था छैन । “स्वदेशमै केही गरौँ भनेर अटो रिक्सा किनेका हुन्छन्”, उनले भने, “तर, बजारमै आउन नपाएपछि कसरी चल्न सक्छन् ।”

तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनकुमार बुढाथोकीले भने नियमसङ्गत चल्नुपर्ने बताए । अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकाका लागि रुट परमिट नभएकाले सोही कुरा कार्यान्वनयन गर्न खोजेको उनले बताए ।

कानूनअनुसार नै रुट परमिट दिएर अटो तथा ट्याक्सी सञ्चालन गर्ने गरिएको यातायात व्यवस्था कार्यालय दाङका प्रमुख रमेश गौतमले बताए । उनका अनुसार अटो र ट्याक्सीबीच देखिएका समस्या छलफलबाट हल गर्नेसमेत बताए ।

तुलसीपुर क्षेत्रमा मात्रै दुई हजार पाँच सय बढी अटो रिक्सा सञ्चालनमा छन् । हाल गाउँ–गाउँमा अटो रिक्साले सेवा दिने गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?