तुलसीपुरमा ऐलानी जग्गा उपायोग ‘कार्ड’ वितरण

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण सुरुआत गरेको छ ।

सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न लागिएको उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बताए । “वडा नं ११ मा हामीले सुरु गरेका छौँ, अन्य वडामा पनि सुरु भइरहेको छ”, उनले भने, “यो अभियान तीव्रताका साथ अघि बढाएका छौँ ।”

हालसम्म ऐलानी जग्गामा बसोबास गर्नेको तथ्याङ्क छैन । अब यो कार्यक्रमले पूर्णता पाएमा कति ऐलानी जग्गामा कति परिवार बसेको भन्ने कुरा यकिन उनले बताए । त्यस्तै अव्यवस्थित बसोबासी, वास्तविक तथा विपन्न दलित सुकुम्बासी पनि पत्ता लाग्ने उनले बताए ।

वडाबाट सबै ऐलानीमा बसोबास गर्नेलाई कार्ड दिइसकेपछि अमिन आएर नापजाँच गर्ने उनले बताए । अमिनले नापजाँच गरेपछि पुर्जा वितरणको काम अघि बढ्ने बताए । यो कार्यक्रम तुलसीपुरका १९ वटै वडाबाट सुरु भएको छ ।

यो कार्य सक्न करिब छ महिनाको समय लाग्न सक्ने उनले बताए । यसले उपमहानगरपालिकाको सुकुम्बासी समस्या समाधान हुने अपेक्षा लिइएको छ । प्राथमिकताको आधारमा लालपुर्जा वितरण गर्नका लागि पनि यो कार्य गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?