पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छन् ।

तानसेन–तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल आइतबार राति भित्तामा ठोक्किएर दुर्घटना दुर्घटना भएको थियो ।

दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनापछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका–१ का २८ वर्षीय प्रकाश थारुको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?