गुल्मी । गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका –१ हर्मिचौरका टुकुन भनेर चिनिने ३६ वर्षीय सुदर्शन न्यौपाने क्षेत्रीको मृत्यु भएको हो ।
बुधबार साँझ अर्वेनी कोटबाट आफ्नै घर जाने क्रममा हराएका उनलाई स्थानीयले खोजी गर्दा आज दिउँसो मृत अवस्थामा फेला परेको कालिगण्डकी–१ का वडासदस्य मान बहादुर सिंजालीले जानकारी दिए ।

