गुल्मी महोत्सव, रेसुङ्गा युथ फेस्टिभल र भलिवल कप हुँदै

गुल्मी । पछिल्लो समय तम्घास बजार सुनसान हुँदै गएको छ । दशै र तिहारमा गाउँमा रमाइलो हुँदा पनि तम्घासमा रौनक देखिदैन् । किनकी अधिकांश नागरिक सदरमुकाम बाहिरबाट आएका छन् ।

मानिसको चहलपहल नभएपछि व्यावसायीहरु आत्तिन थालेका छन् । त्यसको पहिलो कारण तम्घासमा आकर्षणका कामहरु नहुनु । यो बर्ष भने दशै तिहारलाई मध्येनजर गरेर गुल्मी महोत्सव, रेसुङ्गा युथ फेस्टिभल र पालिकास्तररिय भलिवल कप २०८० आयोजना भएपछि नागरिकमा केहि नयाँ आशा पलाएको छ ।

केहि समय मात्रै आयोजना हुने मेला महोत्सव स्थायी आर्कषण होइनन् । नेतृत्वले तम्घासलाई चलायमान बनाउन बेलैमा दिर्घकालिन योजना ल्याउनु आवश्यक छ ।

गुल्मी महोत्सव

गुल्मी उद्योग संघले आगामी कार्तिक १५ देखि २५ गतेसम्म औद्योगिक एवं व्यापार मेलाको आयोजना गरेको छ ।

११ दिनसम्म संचालन हुने महोत्सवमा साना मझौला उद्योगको प्रर्वद्धन, कला संस्कृतिको पहिचान र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारको लागि महोत्सवको आयोजना गरिएको आयोजक गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

गुल्मी जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पुराउने र सदरमुकामलाई थप चलायमान बनाउन महोत्सवको आयोजना गरिएको अध्यक्ष भुसालले बताए । महोत्सव रेसुंगा नगरपालिका ९ को उपल्लो तम्घासमा हुनेछ ।

रेसुङ्गा युथ फेस्टिभल

गुल्मीमा सात युवा क्लबहरुको आयोजनामा रेसुङ्गा युथ फेस्टिभलको आयोजना गरिएको छ ।

सफल डायरिजको संयोजनमा अन्टेष्ट युवा क्लव, फोर्टिन स्टार युवा क्लव, पुल्चोक स्पोर्टस क्लव, खुकुरी ब्याण्ड, कोब्रा ग्रुप र योङ्ग व्याइजको रेसुङ्गा युथ फेस्टिभलको आयोजना गरिएको छ ।

गुल्मी महोत्सव, रेसुङ्गा युथ फेस्टिभल र भलिवल कप हुँदै - Lumbini News

असोज ५ र ६ गते आयोजना गरिएको रेसुङ्गा युथ फेस्टिभलमा चित्रकला प्रतियोगीता, कविता बाचन, वृत्तचित्र प्रर्दशनी, नेपालका ख्याती प्राप्त सम्भोज मल्ल, रोनी दाहाल लगायत कालरात्री र खुकुरी व्याण्डको सडक कला र सङ्गीत प्रर्दशनी एवम् लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न हुने सफल डायरिजका अध्यक्ष सफल श्रेष्ठले जानकारी दिए ।

उनले युवाहरुको भावनालाई एकिकृत गर्ने र जिल्लाको पहिचान दिलाउने उदेश्यले फेस्टिभल आयोजना गरिएको बताए । रेसुङ्गा युथ फेस्टिभल बुढाथोकी बसपार्क र चिदिचौरमा आयोजना गरिएको छ ।

भलिवल कप २०८०

जिल्ला भलिवल संघ गुल्मीले पालिका स्तरिय भलिबल प्रतियोगीताको आयोजना गरेको छ । आगामी कार्तिक १५ गतेदेखि १८ गतेसम्म प्रथम गुल्मी जिल्ला भलिवल कप २०८० संचालन हुने संघका महासचिव नारायण आचार्यले जानकारी दिए ।

गुल्मी महोत्सव, रेसुङ्गा युथ फेस्टिभल र भलिवल कप हुँदै - Lumbini News

उनले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा बिस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले चिदिचौरमा पालिका स्तरीय भलिवल प्रतियोगीता आयोजना गरिएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?