सुस्तामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुटवल । नवलपरासी पश्चिममा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ फेनहरामा युपि ५६ जे ८८४५ नम्बरको मोटरसाइकलले साइकलयात्री सोही ठाउँका ६३ वर्षीय पारम यादवको शुक्रबार राति ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका यादवको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?