लुम्बिनीबाट क्यानको सदस्यमा प्रदिप मजगैया निर्विरोध

बुटवल । लुम्बिनी प्रदेशबाट नेपाल क्रिकेट संघ(क्यान) को सदस्यमा प्रदिप मजगैया निर्विरोध चयन भएका छन् ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै संघको सचिवमा प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।

सदस्यहरुमा महिला सदस्यमा जयन्तीदेवी भट्ट र कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी निर्विरोध चयन भएका छन् ।

अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?