जीप दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एकै चितामा अन्त्येष्टि

दाङ । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका बाबु–छोराको एकै चितामा अन्त्येष्टि गरिएको छ।

सोमबार साँझ ६ बजेतिर ग्वारखोलामा दुवैको अन्त्येष्टि गरिएको अन्त्येष्टिमा सहभागी सागर रोकाले जानकारी दिए। दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका– १८ ग्वारखोला टोलका ५० वर्षीय गणेश बुढा र उनका २५ वर्षीय छोरा भक्तबहादुरको मृत्यु भएको थियो।

सल्यान कपुरकोटमा गाउँपालिका– ३ चोरखोलानजिकैको सेतापैरामा जिप दुर्घटना हुँदा दुवैको घटनास्थलमै ज्यान गएको थियो।

भक्तबहादुरले जिप चलाइरहेका थिए भने बुवा गणेश त्यही गाडीमा थिए। बाबुछोरा सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेसम्मका बजारमा बेच्दै आएका थिए।

उनीहरूले विगत पाँच वर्षदेखि यही पेसा गर्दै आएको तुलसीपुर उपमहानगरपालिका– १८ का वडाध्यक्ष माधव वलीले जानकारी दिए। ‘उहाँहरू लामो समयदेखि यही पेसामा हुनुहुन्थ्यो,’ वडाध्यक्ष वलीले भने, ‘रोल्पा, सल्यानबाट तरकारी संकलन गरी ल्याउने गर्नुहुन्थ्यो, छोराले गाडी चलाउने, बुवासँगै हिँड्ने गर्नुहुन्थ्यो।’

रा। १च १०२५ नम्बरको जिप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा भएको थियो। सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका– २ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?