लुम्बिनी प्रादेशिक अस्पतालबाट सञ्चालित स्वास्थ्य सेवाको वार्षिक समिक्षा

बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालबाट आर्थिक वर्ष २०७९/८० मा सञ्चालित स्वास्थ्य सेवाको वार्षिक समिक्षा गरिएको छ ।

मंगलबार भएको कार्यक्रममा अस्पतालका अध्यक्ष अजय मान श्रेष्ठले यथार्थ सूचकहरुबाट मात्र विगतका कमी–कमजोरीहरुलाई हटाउँदै छिटो छरितो, परिष्कृत र भरपर्दो स्वास्थ्य सेवा दिन सकिने बताए । सहज र सर्वसुलभ तरिकाले बिरामीहरुले स्वास्थ्य सेवा प्राप्त गरून् भन्ने आफुहरुको चाहना रहेको उनको भनाई छ ।

श्रेष्ठले भने, “प्रादेशिक अस्पतालको बन्दै गरेको अस्पताल सञ्चालन कार्य निर्देशिकाले सेवाग्राही विरामीहरुको मौलिक हक अधिकारलाई अझै स्पष्ट र गर्दै सेवा प्रदान गर्ने नर्सिङ, प्यारामेडिक्स, चिकित्सक र प्रशासन सबैलाई अझ बढी जिम्मेवार र जवाफदेही बनाउने छ ।”

यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दा कार्ययोजना बनाएर कसले, कसरी, कहिले र के गर्ने भनेर समय सीमा र जिम्मेवारी तोकेर काम गर्नुपर्ने खाँचो रहेको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको तथ्यांक पहिलेको तुलनामा धेरै परिष्कृत र भरपर्दो हुँदै आएको दाबी गरे । उनले यसलाई थप व्यवस्थित र परिमार्जन गर्न सबै डाक्टरहरुले विरामीको यर्थात विवरण अनिवार्य भरेर रेकर्ड शाखालाई सघाउन अनुरोध गरे ।

कार्यक्रममा अस्पतालको रेकर्ड शाखाका अधिकृत बालकृष्ण पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?