पाल्पामा नेपाल वडासङ्घ गठन

रामपुर । राजेशकुमार अर्यालको अध्यक्षतामा नेपाल वडासङ्घ पाल्पाशाखा गठन गरिएको छ ।

जिल्लाको ८१ वडाध्यक्षको भेलाले गठित सङ्घको उपाध्यक्षद्वयमा दिवाकर देवकोटा र रामबहादुर रावल, सचिवमा थानेश्वर तिमिल्सेना, सहसचिव राजकुमार पन्थी, कोषाध्यक्ष इन्द्रा चिदी रहेका छन् ।

सदस्यहरूमा दामोदर पाठक, नविन्द्र थापा सोती, निरबहादुर सारु, ईश्वर काफ्ले, युगबहादुर ठाडा, ओमप्रकाश गैरे, सागरमान महर्जन, चिरञ्जीवी पोखरेल, यादव अर्याल, गोविन्द रायमाझी रहेका छन् ।

भेलाले वडा कार्यालय जनताको नजिकको कार्यालय भएको जनाउँदै शुक्रबार वडासङ्घ गठन गरेको हो । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् ।

भेलाले वडा कार्यालयमा परेका राजनीतिक, कानुनी र सार्वजनिक समस्यालाई एकताबद्धरुपले समाधान गर्ने र देशभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठितरुपले आवाज उठाउन अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ ।

नवनिर्वाचित वडासङ्घका अध्यक्ष अर्यालले देशैभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठित हुन अभियानको सुरुआत पाल्पाबाट गरिएको बताए । भेलाले स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन गरेर वडालाई आर्थिक अधिकार सम्पन्न बनाउन माग समेत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?