‘झरना रनिङ शिल्ड फुटबल’ सुरु

बुटवल । ३५ औं संस्करणको ‘झरना रनिङ सिल्ड नकआउट फुटबल’ प्रतियोगिता आज देखि सुरु भएको छ ।

गंगा प्रसाद दर्लामी, रुकमाया दर्लामीको स्मृतिमा तिलोत्तमा ६ कुन्जलापुरमा भएको उद्घाटन खेलमा सम्पुर्ण युवा क्लब सुपौलिले विजयी शुरुवात गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल र सम्पुर्ण युवा क्लब सुपौलि बिच आज भएको पहिलो खेलको निर्धारित समयको खेलमा बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवललाई ३–१ गोलले पराजित गर्दै सम्पुर्णले जीत हांसिल गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका सैलेन्द्र चौधरीले २२ औं मिनेटमा खेलको पहिलो गोल गर्दै लुम्बिनीलाई अग्रता दिएका दिएका थिए भने सम्पुर्ण युवा क्लबका सनम गुरुङले ६० औं मिनेटमा बराबरी गोल र्फकाएका थिए ।

असोज २८ गते सञ्चालन हुने प्रतियोगिताको बिजेताले ३ लाख १५ हजार, उपविजेताले १ लाख ७५ हजार र सेमीफाईनल प्रवेश गर्ने दुई समुहलाई २५ हजार नगद प्रदान गरिने क्लवका अध्यक्ष गंगा रानाले जानकारी दिए ।

यस्तै उत्कृष्ट खेलाडी, बेस्ट डिफेन्ड, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनहि ५ हजार संगै ट्रफि प्रदान गरिने समेत रानाले बताए । गंगा प्रसाद दर्लामी र रुक माया नकआउट फुटबल प्रतियोगितामा कुल १६ समुहको सहभागिता रहेको क्लबका सचिब सिजन थापा जानकारी दिएका छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?