बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले श्रमिक मजदुर बर्गको हितमा ऐन कानुन निर्माण गर्न पहल गर्ने बताएका छ्न । बैज्ञानिक समाजबादमा मात्र उत्पीडित बर्गको अधिकार स्थापित हुने बताउदै सभामुख घर्ती मगरले नेपालले संविधानमै त्यसको परिकल्पना गरेको बताए ।
बिश्व ट्रेड युनियन महासङ्घको ७८ औं स्थापना दिवसको अवसरमा बिश्व ट्रेड युनियन लुम्बिनी प्रदेश समन्वय समितीले आज बुटवलमा आयोजित अन्तरकृया कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले समाजबादी क्रान्तिबाट मजदुर बर्गको हक अधिकार स्थापित हुने भएकाले त्यस तर्फ अघि बढन अपिल गरे ।
उनले कम्युनिष्ट पार्टी जनताको नजिक भइ जनताको समस्या बुझ्नै पर्ने बताए । कम्युनिष्ट पार्टीमा सोच , बिचार र व्यबहारमा संकृणता आएकाले जनताको समिपमा आउन नसकेको मगरले बताए ।
अन्तरकृयामा राजनीति दल संग सम्बन्धित कर्मचारी संघ संगठनका नेताहरुले माध्यमिक शिक्षा ऐन र श्रम ऐनमा ट्रेड युनियन अधिकारलाई स्वीकार नगरेकोले सरकारलेबनाउने नीतिनिर्माता र ऐन कानुन नै कर्मचारी मैत्री नभएको गुनासो गरेका छ्न ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकाले मजदुर बर्गको आन्दोलन पनि ओझेलमा परेको बताए ।
आधुनिक प्रबिधिले ठुलो बेरोजगार सिर्जना गर्ने तर्फ ध्यान दिनु र विकल्पहरुको खोजी गर्नु पर्नेमा जोड दिए । असमान बितरण प्रणालीले धनी र गरिबको दुरि बढेको र यस्ले बिश्वलाई प्रभाबित बनाएको बताउदै उनले ट्रेड युनियन आन्दोलनलाई अझै सशक्त बनाउनु बताए ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रिय सचीव कृष्ण कुमार बन्जाडेले कर्मचारीलाई मजदुर दासको हेर्ने कम्युनिष्ट पार्टीमा रहेको बताउदै त्यस प्रकारको सोच र प्रवृत्ति त्याग गर्न आवस्यक रहेको बताए ।

