दाङ । जिल्लाका स्थानीय तहहरुले अब आफैं नदिजन्य पदार्थको उत्खनन गर्ने भएका छन । नदीजन्य पदार्थको व्यवस्थापनबारे जिल्लाका दशवटै पालिकाका जनप्रतिनिधि र जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेका हुन ।
स्थानीय तह बाहेक अन्यले नदी तथा खोलाबाट नदीजन्य पदार्थको उत्खन्न गर्न नपाउने गरी स्थानीय तह आफलै घाटगद्धी गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए ।
खोलाहरुमा हुने अवैध उत्खनन र चोरी निकासी नियन्त्रण गर्न, नदिजन्य पदार्थको निकासीलाई व्यवस्थित गरि स्थानीय तहले आफैं उत्खनन गरेर घाटगद्दी गर्ने र घाटगद्दीबाटै ठेक्का लगाउने निर्णय गरेको उनले बताए ।
शर्माका अनुसार यसअघि पालिकाले नदिजन्य पदार्थ उत्खनन्का लागि ठेक्का दिंदै आएकोमा अब जिल्लाका दशवटै स्थानीय तहहरुले नदीजन्य पदार्थ उत्खन्न गर्दा आफैले नदीजन्य पदार्थ संकलन गरी घाटगद्धी गरेर व्यवस्थापन गर्न तयार भएका हुन ।
त्यस्तै स्थानीय सरकारले स्थानीय तहहरुमा सञ्चालित क्रसर उद्योगहरुको नियमन, नदीजन्य पदार्थको दुरुपयोग सम्बन्धी सुरक्षाको आवश्यकता परेमा जिल्ला सुरक्षा समिति समक्ष पत्राचार गर्ने तथा अनुगमनका लागि अनुगमन जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने भएको छ ।

