बुटवल । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ ।
तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ ।
राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन ।
पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ ।
गाई तथा भैंसी पालक किसानहरुले साबधानी अपनाउँदा अपनाउँदै पनि पछिल्लो समय कति पय अवश्थामा गाई तथा भैंसीले बाच्छा बाच्छी जन्माउने बेलामा समस्या भएको देखिन्छ ।
आउनुहोस बाच्छा बाच्छी अड्कने वा व्याउन नसक्ने समस्या का कारण र समाधानको उपायको बारेमा जानकारी लिऔं ।
कारणहरू :
♦ बाच्छा बाच्छी ठूलो भएमा ।
♦ वाच्छा वाच्छीको पाठेघरभित्रको बसाई (पोजिसन) नमिलेमा ।
♦ शारीरिक कमजोरीको कारण
♦ पाठेघरको मुख पूर्ण रूपमा नखुलेमा ।
♦ उमेर नपुग्दै पशु गर्भिणी भएमा ।
♦ बाच्छा बाच्छी भित्रै मरेमा ।
♦ संक्रामक रोगहरू जस्तै ब्रुसेलोसिस आदिको कारण ।
♦ विभिन्न हार्मोनहरूको कमी तथा असन्तुलन
♦ पाठेघर बटारिएमा
♦ बाँधेर पालिएका पशुहरूमा पनि यस्तो समस्या आउन सक्छ ।
♦ वंशाणुगत कारणहरू
व्यवस्थापन :
♦ ब्याउन खोजेको ५–६ घण्टा भित्र व्याउन नसकेमा तुरून्त प्राविधिकलाई बोलाईहाल्नु पर्दछ ।
♦ प्राविधिकले पाठेघरभित्र हात हालेर अवस्था पत्ता लगाई आवश्यकता अनुसार उपचार गर्दछन् ।
स्रोत – नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
जलवायु प्रकोप समुत्थान निर्माण आयोजना,
(कृषि व्यवस्थापन सूचना प्रणाली)

