बर्दियामा गैंडा मृत फेला

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैंडा मृत फेला परेको छ ।

निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी गैंडा मृत फेला परेको थियो ।निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले शुक्रबार विहान उक्त कुराको जानकारी गराएका हुन ।

निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारी रहेको उक्त सामुदायिक वनमा करिब १९र२० वर्षको पोथी गैंडा मृत फेला परेको उनले जानकारी दिए ।

मृत्यु भएको पोथी गैंडासँग केटा(बच्चा) समेत रहेको छ । दुर्गम ठाउँ भएकोले राति चिकित्सक टोली त्यहाँ पुग्न सकेका थिएनन् ।

बर्दिया निकुञ्जबाट चिकित्सकसहित सुरक्षा टोली घटनास्थलतर्फ बिहान प्रस्थान गरेको छ । मृत गैंडाको पोष्टमार्टम त्यहीँ गरिने निकुञ्ज प्रशासनले जनाएको छ । घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?