काठमाडौं । अजरबैजान पठाइदिन्छुु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
रोल्पा घर भई हाल काठमाडौं महानगरपालिका–२६ का ३१ वर्षीय रवि घर्तीमगरलाई चार लाख १३ हजार रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार वैदेशिक रोजगार विभागमा रविविरूद्ध सोमराज चौधरीले उजुरी दिएका थिए। बुधबार दिउँसो पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले बताए ।

