बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको ‘प्रथम जिल्ला मिडिया सम्मेलन’ १० बुँदै ‘पाणिनी तपोभूमी घोषणा पत्र जारी गर्दै सकिएको छ ।
पाणिनी पत्रकार समाजको आयोजनामा असोज १९ र २० गते भएको मिडिया सम्मेलनमा जिल्लाको विकासमा मिडियाको भुमिका र पत्रकारको अवस्थाका विषयमा छलफल गरिएको थियो ।
सम्मेलनमा सहभागीहरुले पत्रकारिताको माध्यमबाट जनतालाई सुसुचित गराउँदै समग्र जिल्ला र देशको विकासमा महत्वपूर्ण योगदान पु¥याउने मिडिया हाउसहरु धरासायी बन्नु र सिमित व्यक्ति र एजेन्सी मात्र मोटाउने अवस्था आउनु दुखद् रहेको बताए ।
सम्मेलनले लोककल्याणकारी बिज्ञापनको पारदर्शी वितरण, विज्ञापन एजेन्सीहरुको उचित नियमन र मिडिया हाउस र श्रमजिवी पत्रकारहरुको सहज जीवनयापनको ग्यारेन्टी गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग माग गरेको छ ।
व्याकरणको उद्गमा स्थल पाणिनि तपोभुमी पणेना पुगेर जारी गरिएको घोषणापत्रमा पत्रकारहरुको प्रेस पास, मिडिया नविकरण जस्ता सेवाहरु सहज र सरल रुपमा जिल्लाबाटै गर्न मिल्ने व्यवस्था मिलाउन पनि सरोकारवाला निकायसँग माग गरिएको छ ।
हेर्नुहोस घोषणापत्र :


