दाङमा बसको ठक्करबाट कपिलवस्तुका युवकको मृत्यु

दाङ । दाङको भालुबाङमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ५९७१ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का २४ वर्षीय विजय खनालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए ।

खनाल दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा व्यवसाय गर्दै आएका थिए । सडक क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भिर घाईते भएका खनालको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिंहले बताए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?