सञ्जयले जिते प्रथम लुम्बिनी लनटेनिसको उपाधि

रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय प्रथम लनटेनिस प्रतियोगिता, २०७९ को उपाधि सञ्जय श्रेष्ठले चुमेका छन् ।

रुपन्देही लनटेनिस सङ्घको आयोजनामा बुटवलस्थित देवीनगर लनटेनिस कोर्टमा आज सम्पन्न मेन्स सिङ्गल फाइनल प्रतियोगितामा श्रेष्ठले अनिल सेञ्चुरीलाई ६–३, ६–० को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् ।

यसैगरी मेन्स डबल्सतर्फ गोपाल ज्ञवाली र अनिल सेञ्चुरीको जोडीले जित हात पारेको छ । फाइनल खेलमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै ज्ञवाली र सेञ्चुरीको जोडी विजेता बनेको हो ।

चैत २८ देखि सञ्चालन भएको प्रतियोगिता दुई विधामा दुई दर्जन खेलाडीले भाग लिएका थिए । समाजसेवी मृगेन्द्र शेरचनले पुरस्कार वितरण गर्दै खेलबाट खेलाडीमा अनुशासन विकाससँगै एकता ल्याउने बताए ।

सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौँ, पोखरापछि बुटवलमा लनटेनिस खेलको विकास भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?