जबर्जस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

बर्दिया । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ठाकुरबाबा नगरपालिका—१ का करिब १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो प्रहरीले किशोरलाई पक्राउ गरेको जनाएको छ ।

किशोरले ती किशोरीलाई ठाकुरबाबा नगरपालिकास्थित घरमा लगि जबर्जस्ती करणी गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडितलाई ललाइफकाई गर्न सहयोग गरेको आरोपमा ठाकुरबाबा—१ का २९ वर्षीय एक पुरुषलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?